ग्लोबल कलेज बिटिटिएमका विद्यार्थीले भेटे सिएनएन हिरो म्यागी डोयनलाई

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशल बिटिटिएम कार्यक्रमले ‘सिएनएन हिरो विथ बिटिटिएम स्टुडेन्ट्स’ कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार भएको एक कार्यक्रमकाबीच सन् २०१५ कि सिएनएन हिरो म्यागी डोयनसँग बिटिटिएमका विद्यार्थीले भेट गरेका हुन् । कार्यक्रममा डोयनले आफु कसरी सामाजिक कार्यकता बनिन् र रकम कसरी व्यवस्थापन गरिरहेकी छन् भन्ने वारेमा आफ्ना अनुभव सुनाएकी थिइन् ।

उनले सयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य अवधारणामा आधारित रहेर सुर्खेतको कोपिला भ्याली सेकेन्डरी स्कुल संचालन गरिरहेकी छन् । विद्यालयमा हाल ५० भन्दा धेरै आवासिय विद्यार्थी छन् ।

उनले ति विद्यार्थीलाई राम्रो शिक्षा तथा सुविधा दिन प्रयासरत छिन् । कलेजका प्रिन्सिपल डा. सुवास श्रेष्ठले डोयनलाई स्वागत गर्नुका साथै कोपिला भ्यालीमा रहेका विद्यार्थीलाई सहयोग गर्ने आश्वासन दिएका छन् ।

जिसिआई टिएण्डटी इनक्युवका हेड नोजल कोइरालाले खादा लगाएर स्वागत गरेका थिए भने बिटिटिएम प्रोग्रामकोअर्डिनेटर सुशान्त मरासिनीले मायाको चिनो प्रदान गरेका थिए ।

You might also like

Comments are closed.