एरी नेपालको चौथो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौं ।  एसोसिएसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स इन नेपाल (एरी नेपाल)को चौथो साधारण सभा सम्पन्न भएको छ ।

आइतबार सम्पन्न भएको एसोसिएसनको चौथो साधारण सभाले अध्यक्षमा महेशबाबु तिमल्सिनालाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै, संस्थापक अध्यक्षमा द्विराज शर्मा , उपाध्यक्षमा बुद्धिसागर अर्याल, महासचिवमा राजेन्द्र रिजाल, सचिवमा नवराज केसी,  कोषाध्यक्षमा सुजन थापा सर्वसम्मत चयन भएका छन् । त्यस्तैगरी, कार्यकारी सदस्यमा नारायण लामिछाने  र रमन कोइराला भएका छन्।

साथै साधारण सभाले अध्यक्ष र कोषाध्यक्ष प्रतिवेदन पारित गरेको छ । साधारण सभामा विधान परिमार्जन सम्वन्धी छलफल पनि गरिएको छ ।

अष्ट्रेलियाली शिक्षा प्रदायकहरुसँग सक्रिय रुपमा काम गर्ने नेपाली शिक्षा एजेन्टहरुको विश्वसनीयता, सत्य, निष्ठा र नैतिक अभ्यास सुनिस्चित गर्ने उद्देश्यले सन् २०१८ जुनमा एसोसिएसनको स्थापना गरिएको हो ।

You might also like

Comments are closed.