काठमाडौं । आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डीद्वारा आयोजित प्यानल डिस्कसन सम्पन्न भएको छ ।
कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)को विषयमा बिधागत बिज्ञसँग छलफल भएको थियो । उक्त कार्यक्रममा प्यानलिस्टको रूपमा एनएएएमआइ संगठनका निर्देशक बिजेस खनाल, मेसिन लर्निङ इन्जिनियर श्रवण ठाकुर, एआइ र जबस्निपरका सह-संस्थापक उज्वल कोइराला, डाटा साइन्स विज्ञ आयुष अधिकारी थिए भने मोडरेटरको रूपमा अनुप घिमिरे रहेको कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।
उनका अनुसार, कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरूले सहभागीता जनाएका थिए । साथै प्यानलिस्ट र विद्यार्थीहरू बिच एआइ विषय पढनुका फाइदा, यसको भविष्य, विद्यार्थीले पाउने अवसर, समाजले लिन सक्ने लाभ, साइबर सेक्युरिटीमा यसको भूमिका लगायतका विविध विषयमा जानकारी मुलक छलफल भएको उनी बताउँछन् ।
Comments are closed.