आत्मविश्वास र दृढता बिनाको सपनाकाे औचित्य छैन : विनोद चौधरी

'जीवनको सबैभन्दा महत्वपूर्ण र महंगो वस्तु समय'

काठमाडौं । बिएसटी कलेजले विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि कलेजले बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यक्रम गरेको हो ।

कार्यक्रममा कि नोट स्पिकर विनोद चौधरीले हरेक दिन नयाँ–नयाँ सपना देख्नुको कुनै औचित्य नहुने बताउँदै एउटै सपना साकार नभएसम्म त्यसैको पछि लागि रह्यो भने त्यसैले सार्थकता दिने बताए । साथै उनले सपनाको पछाडि दौडिन सक्ने आत्मविश्वास र दृढता बिनाको सपनाको कुनै अर्थ नहुने पनि बताएका छन् ।

सरकारले यो गरिदिएन त्यो गरिदिएन भन्दै आफू पन्छिने मानसिकताबाट माथि उठ्नुपर्ने बताए । एउटा क्षमता भएको ठूलो सपना बोकेको मानिसलाई संसारको कुनै पनि नीति नियमले छेक्न नसक्ने बताउँदै उनले संकल्प र आत्मविश्वासका साथ आफ्नो सपना साकार गर्नेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

चाैधरीले समयको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख् सक्नु पर्ने बताएका छन् । जीवनको सबैभन्दा महत्वपूर्ण र महंगो वस्तु समय भएको बताउदै उनले समयको व्यवस्थापन गर्न सक्ने क्षमता भएको व्यक्तिसँग असिमित काम गर्न सक्ने क्षमता हुने पनि बताए ।

कार्यक्रममा टोखा वडा नं.९ का नवनिर्वाचित वडाध्यक्ष रामभक्त घिमिरेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कलेजका चेयर पर्सन कृष्णकान्त पराजुलीले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका अतिथिहरु, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको प्रिन्सिपल देवेन्द्र हडखलेले जानकारी दिए ।

You might also like

Comments are closed.