पोखरा । प्राइम सहकारी संस्था लि. पोखराले तीजको अवसरमा आफ्ना महिला सदस्यहरुलाई ध्यानमा राख्दै विभिन्न संघसंस्थासँग सम्झौता गरेको छ ।
सहकारीले पोखराको गुरुङ व्युटीपार्लर, पृष्टिना व्युटीपार्लर, विकल्प कस्मेटिक, सृङगार इम्पेक्स, शिवशक्ति इम्पोरियमसँग सम्झौता गरेको छ ।
सम्झौता भएका संस्थाहरुमा सेवा लिँदा सहकारी महिला सदस्यहरुले ५ देखि ४५ प्रतिशतसम्म छुट पाउनेछन् । महिलाहरुको महान पर्व तीजलाई लक्षित गरी सम्झौता गरिएको सहकारीले जनाएको छ ।
सम्झौतामा पत्रमा सहकारीका तर्फबाट उपाध्यक्ष एवं महिला उपसमिति संयोजक दीपा कोइरालाले हस्ताक्षर गरेकी छन् । कार्यक्रममा अध्यक्ष शंकर कार्की, निबर्तमान अध्यक्ष निदेशप्रसाद कोइरालालगायतको उपस्थिति थियो ।
Comments are closed.