कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ सम्मानित भएका छन् । छायाँछबि क्रियसनले श्रेष्ठलाई नवौं छायाँछबि तीज म्युजिक अवार्डका अवसरमा ‘सामाजिक सेवा सम्मान’ अर्पण गरेको हो ।

देश, समाज र राष्ट्रका लागि उल्लेखनीय भूमिका खेल्नुका साथै कपडा तथा सिलाई व्यवसायका माध्यमबाट राज्यमा पुर्याएको योगदानको कदर गर्दै संस्थाले श्रेष्ठलाई सम्मान गरेको हो ।

कपडा तथा सिलाई व्यवसाय श्रेष्ठको पुर्खेउली व्यवसाय हो । इटहरि, नेपालगञ्जको कोहलपुर, काठमाडौंको न्युरोड र मैतीदेवीमा उनको व्यवसाय छ ।
सम्मानले सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको श्रेष्ठले बताए ।

You might also like

Comments are closed.