इक्यान स्थापना दिवसमा ५ सय बिरुवा रोपियो

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २६औं स्थापना दिवसको अवसरमा सोमबार वृक्षरोपण कार्यक्रम गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २८, २९ र ३० स्वीकृति लिएर इक्यानले वृक्षरोपण गरेको हो ।काठमाडौंको पुतलीसडक, बागबजार र डिल्लीबजार क्षेत्रमा विभिन्न जातका करिब ५ सय वटा विरुवा रोपिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

घर, बिजुलीको पोल एवं अन्य संरचनालाई असर नगर्ने गरी सडकको दायाँ बायाँ वृक्षरोपण गरिएको हो । शहरलाई सुन्दर तथा हरियाली बनाउने अभियानमा साथ दिदै र सामाजिक उत्तरदायित्व बहन गर्दै महानगरको मापदण्ड अनुसार इक्यानले वृक्षरोपण गरेको महासचिव दीपकराज भुसालले जानकारी दिए ।

उक्त अवसरमा इक्यानका अध्यक्ष प्रकाश पाण्डे, नेपाल ट्राफिक प्रहरीका एसएसपी राजेन्द्र प्रसाद भट्टले इक्यान स्थापनाको दिवसको अवसरमा शुभकामना दिएका थिए । इक्यानका सहकोषाध्यक्ष कर्णबहादुर गुरुङको सक्रियतामा कार्यक्रम भएको हो ।त्यसैगरी इक्यान स्थापना दिवसको अवसरमा आज ४ बजे होटल म्यारियटमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम हुँदैछ ।

You might also like

Comments are closed.