काठमाडौं । महालक्ष्मी विकास बैंकले सन्तोषकुमार मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा बिगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।
विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ति बैंकका संस्थापक तथा मनकामना दर्शन प्रा.लि.का सञ्चालक राजेश बाबु श्रेष्ठले छात्र सन्तोषकुमार मण्डललाई हस्तान्तरण गरेका हुन् ।
धनुषा जिल्ला धवौली स्थायी घर भएका मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले उनको अध्यापनमा सहयोग पु¥याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै राजेश बाबु श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरिय शिक्षामा टेवा पु¥याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे ।
साथै शिक्षा, स्वस्थ्य, दैवी प्रकोप, संस्कृति प्रवर्द्धनलगायतका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोर्खा र चितवनमा विभिन्न कार्यक्रम गर्दै आएको मनकामना दर्शन प्रा. लि. ले आगामी दिनमा काठमाडौंमा पनि त्यस्ता कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको बताउदै विद्यार्थीको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
Comments are closed.