धादिङमा डेङ्गुका बिरामी बढ्दै, डेढ महिनामा ११४ जना संक्रमित

काठमाडौं ।  धादिङमा डेङ्गुका बिरामीको संख्या बढ्न थालेको छ । मंगलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए ।

अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ ।

पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ ।डेङ्गु संक्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्यु समेत भइसकेको छ ।

ज्वालामुखी गाउँपालिका-२ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेङ्गु संक्रमणपछि मृत्यु भएको थियो ।

You might also like

Comments are closed.