काठमाडौं । हिमालयन क्यापिटल र नेपाल वेयरहाउजिङ्गबीच धितोपत्र निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
हिमालयन क्यापिटलले नेपाल वेयरहाउजिङ्ग कम्पनी लि.को जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणहरुका लागि सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धक सेवा सम्बन्धमा सम्झौता गरेको हो ।
सम्झौतामा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र नेपाल वेयरहाउजिङ्ग कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन् ।
कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकुल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दीर्घकालिन खाद्य सुरक्षामा योगदान दिन अग्रसर रहेको नेपाल वेयरहाउजिङ्गमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका प्रख्यात व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ ।
कम्पनीले प्रदेश नं १, मधेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुविधा प्रदान गर्नेछ । साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सीङ गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ ।
Comments are closed.