आर्जन बचत तथा ऋण सहकारी १ करोड ४ लाख खुद नाफा आर्जन गर्न सफल

काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ ।

शनिबार ललितपुरको हेरिटेज गार्डेनमा भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्तसम्मको संस्थाको आर्थिक गतिविधि लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । चुक्ता पुँजी ३ करोड ३७ लाख ३९ हजार ७ सय रहको संस्थाले आव ०७८/०७९ मा रु १ करोड ४ लाख ३८ हजार ५सय ७ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले अघिलो आर्थिक वर्ष ०७७/०७८ मा यस्तो नाफा ८३ लाख ५६ हजार ६ सय पन्ध्र रुपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा झण्डै २५ प्रतिशतले वृद्धि हो । कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरपालिकाको सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले सहकारी ऐनलाई मर्यादितरुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै यहि साउन १९ गतेबाट महानगरपालिकाले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशतभन्दा बढि व्याज नलिन आग्रह गरे ।

उनले आर्जन को-ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिँदै आगामी दिनमा सञ्चालक, सेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरे । सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरे ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष रञ्जितकुमार पोदार, उपाध्यक्ष समिर महर्जन, लेखा समितिका संयोजक नवराज भुसाललगायतले बोलेको थिए ।
संस्थाले आफ्ना सेयर सदस्यका छोराछोरीहरुलाई ०७९ सालको एसईईमा सर्वोकृष्ट नतिजा ल्याउने ९ जनालाई मायाको चिनो र नगद दिइ सम्मान गरिएको थियो ।

संस्थामा उत्कृष्ट कारोबार गर्ने दुई जना सेयरधनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै संस्थामा ५ वर्षभन्दा बढि लगातार कार्यरत कर्मचारीलाई पनि मायाको चिनो दिएर सम्मान गरिएको छ ।

lcci
You might also like

Comments are closed.