पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाम लेकसाइड नारेश्वरमा नयाँ हारमोनि क्याफे संचालनका आएको छ । पोखरा महानगरपालिका वडा नं ६ बैदाम लेकसाइड निवासी युवा व्यवसायी प्रदिप छिन्दालले क्याफे संचालनमा ल्याएका छन् ।
कफि पारखीहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याएको क्याफेमा स्याङ्जा र पाल्पा जिल्लामा उत्पादित अर्गानिक कफिलाई रोस्टेट विन्समार्फत कफि मेसिनमा ग्लाइन्ड गरि आठ प्रकारका कफि तयार पारिने संचालक छिन्दालले जानकारी गराए ।
क्याफेमा वास्तविक कफिको स्वाद लिन चाहने पारखीहरुको चाहनाअनुसार नै कफि तयार पारिन्छ । क्याफेमा ग्राहकहरुलाई मध्यनजर गर्दै स्यानडुइज र बेकरीका आइटमहरुको पनि स्वाद ग्राहकहरुले लिन सक्नेछन् ।
कफि पारखीहरुलाई वास्तविक कफिको स्वाद दिन आफूले क्याफे संचालनमा ल्याएको संचालक छिन्दालले बताए । बुधबारदेखि संचालनमा आएको क्याफेमा करिब ५० लाखको लगानी रहेको छ भने, पाँच जनाले रोजगारी पाएका छन् । निकट भविष्यमा लेकसाइडको गौरीघाट, राष्ट्रबेङक चोक, न्युरोड र अमंरसिह चोकमा समेत शाखा विस्तार गर्ने योजना रहेको संचालनक छिन्दालले सुनाए ।
नेपाली कांग्रेस पुतली बजार नगरपालिका वडा नं ६ स्याङ्गजा टक्सारका सभापति तथा गण्डकी टेलिभिजनका अध्यक्ष राजु केसीले क्याफेको उद्घाटन गर्दै युवाहरु अहिलेको परिवेशमा उत्पादन मुलक काममा लाग्नु पर्ने बताए । नेपालका अधिकाशं युवाहरु कामको खोजीमा विदेश पलायन भएको अवस्थामा नेपालमै बसेर आफ्नै क्षेत्रमा केही गरौं भनेर लाग्ने युवाहरुलाई राष्ट्र र समाजले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, नेपाल दलित संघ पोखरा महानगरपालिका वडा नं ६ का अध्यक्ष सन्दिप दियालीले युवाहरुको जोश र जागरलाई राज्यले चिन्न नसक्दा अधिकाशं युवा विदेश पलायन हुनु परेको बताए । युवाहरुको जोश जागरलाई उत्पादन क्षेत्रमा प्रयोग गर्न सके राष्ट्र सम्मृद्धि तर्फ आगाडि बढ्ने विश्वास व्यक्त गरे ।
Comments are closed.