पोखरा । पोखरा ९ पालिखे चोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल प्रमुख अतिथि रहेका थिए ।
सभामा बोल्दै प्रमुख अतिथि बरालले पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको सक्रियतामा खोलिएको कमल सहकारीमार्फत कारोबार गरेर अझ बढी व्यवसाय बढाउन व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा राष्टिय सहकारी बैंकका प्रबन्धक नरेश पाण्डेले सहकारीहरुलाई उत्पादन मुलक क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे ।
त्यस्तै, कार्यक्रममा जिल्ला सहकारी संघकी सदस्य चन्द्रा पराजुली, कलम सहकारीका पुर्वअध्यक्ष तथा सल्लाहकार ऋषिराम शर्मा भण्डारी, सहकारीका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष बैकुण्ठप्रसाद पौडेल, पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमल्सेना पगेनी, सेयर सदस्य शंकर ज्ञवाली, श्रीपती कोइरला गुठीका सचिव नवराज कोइरलालगायतले बोलेका थिए ।
सहकारीका उपाध्यक्ष मनोहरि सापकोटाले स्वागत राखेको कार्यक्रममा सहकारीका सहसचिव शिवराज वास्तोलाले सहकारीका सात सिद्दान्त पढेर सुनाएका थिए । कार्यक्रममा सहकारीका कर्मचारीहरु अर्जुन तिवारी र कल्पना पौडेललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट कारोबार गरे बापत सेयर सदस्य कविन्द्र पोखरेल, उत्कृष्ट बचतकर्ता बसन्त साद कोइरला, असल कारोबारमा अनिल बडगामीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सेयर सदस्यका छोराछोरीहरु मध्य प्लस टु मा उत्कृष्ट अंक ल्याउने अशिम सापकोटा र निशा नापित तथा स्नातकमा सुस्मीता वास्तोला र प्रदिप भण्डारी तथा मास्टरमा उत्कृष्ट अंक ल्याउने भावना तिमल्सेनालाई समेत सम्मान गरीएको थियो । कार्यक्रमको संचालन सहकारीका सचिव राजेन्द्र घिमिरेले गरेका थिए ।
Comments are closed.