पोखरा उद्योग वाणिज्य संघमा दिलीप विजयी

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी दिलीपकुमार श्रेष्ठ विजयी भएका छन् । विजयी भएपछि श्रेष्ठले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

नेपाल वितरक महासंघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ अधिकृत बिक्रेता संघ पोखराको उपसचिवसमेत छन् । अतिदी ट्रेड सेन्टर फोर एडी ट्रेडिङ हाउसका सञ्चालक श्रेष्ठ लायन्सलगायत विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् ।

संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेश बास्तोला, उपमहासचिवमा शोभा गौतम विजयी भएका छन् ।

You might also like

Comments are closed.