काठमाडौं । एनसेल र आइएमई पे बीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् ।
आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो ।आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताए ।
कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले मोबाइल सेवा प्रदायकसँग मिलेर आफ्ना ग्राहकहरूलाई यस्तो सेवा विस्तार गरेको यो पहिलो पटक हो ।
यस सहकार्यले प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्ने र नेपाली ग्राहकहरूलाई परम्परागत वित्तीय विधिबाट आधुनिक डिजिटल वित्तीय विधिहरूमा परिचालन गर्ने विश्वास लिइएको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।
“आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन।
यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युुआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ ।




Comments are closed.