वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता

काठमाडौं । सरकारले रिक्त रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता दिएको छ ।

सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को विज्ञ सदस्यमा डा विमल रेग्मीलाई नियुक्त गरेसँगै परिषद्ले पूर्णता पाएको हो ।

jutta mela

वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद् गठन गर्ने व्यवस्था रहेको छ । परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषद्को गठन गरेका हुन् ।

परिषद्को विज्ञ सदस्यमा डा रेग्मी नियुक्त भएका छन् । जलवायु परिवर्तन तथा अनुकूलनमा विद्यावारिधि गरेका  रेग्मीले दुई दशकभन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै आएका र हाल उनले अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट नेपालमार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकूलनका नीतिगत सुधारमा काम गर्दै आइरहेको बताइएको छ ।

You might also like

Comments are closed.