मैत्री सम्बन्ध कायम हुने

तनहुँ, १४ माघ
पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको हिमालय क्लव र तनहुँ जिल्ला आँवुखैरनी ३ मा रहेको मस्र्याङदी युवा क्लवविच मैत्री सम्बन्ध कायम हुने भएको छ । क्लवबाट गठित संस्था सिफरिश छनौट समितिबाट प्राप्त सिफारि अनुसार मस्र्याङदी युवा क्लवसँग मैत्री सम्बन्ध कायम गर्ने बारेमा माघ १२ गते अध्यक्ष मोहनबहादुर थापाले विशेष प्रस्ताव स्वरुप पोखरा १६ अर्मलाकोटमा क्लवले आयोजना गरेको सिद्ध मन्दिर क्षमा पूजा कार्यक्रमका विच पेश गरेको सो प्रस्तावलाई मानार्थ सदस्यहरु, क्लव कार्यसमिति, सल्लाहकार, पूर्व कार्यसमितिका सदस्यहरु, वडा नं. १६ का जनप्रतिनिधिहरु एवं अन्य सरोकारवालाहरुले सर्वसम्मत अनुमोदन गरेका थिए ।

सोही दिन मस्र्याङदी युवा क्लवका अध्यक्ष जयप्रकाश के.सीले क्लव कार्यसमिति, मानार्थ, सल्लाहकार एवं स्थानीय सरोकारवालाहरुको उपस्थितिमा हिमालय क्लवसँग मैत्री सम्बन्ध कायम गर्ने प्रस्ताव पेश गरे अनुसार सो भेलाले प्रस्तावलाई सर्वसम्मत पारित गरेको थियो ।
हिमालय क्लवले सो कार्यलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि संस्था छनौट सिफारिश समितिका संयोजक एवं क्लवका कोषाध्यक्ष शिवराज देवकोटालाई जिम्मेवारी प्रदान गरेको बताएको छ।

विशेष समारोहको आयोजना गरी दुवै संस्थाका कार्यसमिति सदस्य, मानार्थ सदस्य, सल्लाहकार एवं दुवै जिल्लाका केही माननीय सांसदहरुको पनि उपस्थितिमा मैत्री सम्बन्ध कायम गर्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवं जिल्ला फुटबल संघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिए ।

हिमालय क्लवले प्रदेश नं. ४ का क्लवहरुको अध्ययन गरी मैत्री सम्बन्ध कायम गर्न मिल्ने संस्था छनौट गर्न यस अघि नै क्लवका कोषाध्यक्ष शिवराज देवकोटा संयोजक र क्लव कार्यसमितिका सदस्यहरु यमबहादुर कार्की र लक्ष्मीकुमारी पौडेल सदस्य रहेको समिति गठन गरेको र सोही समितिको सिफारिशमा यो कार्यक्रम तय गरिएको जानकारी गराएको छ ।

You might also like

Comments are closed.