पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दमदार दसैं धमाका योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत संस्थाको डेविड कार्डबाट कुनै पिओएस (POS)टर्मिनलमा भुक्तानी गर्दा ३३ दशमलव ३३ प्रतिशतसम्मको क्यासव्याक पाउन सकिनेछ ।
यसका लागि न्युनतम प्रति कारोबार ५ सय बराबरको भुक्तानी गर्नुपर्ने, कम्तिमा ३ वटा कारोबार गर्नुपर्ने र यस वापत ५ सय क्यासव्याक पाइने, ६ वा सोभन्दा बढि कारोबार गर्दा १ हजार क्यासव्याक पाइने, एकै दिनमा धेरै कारोबार गरेमा पहिलो कारोबार मात्र गणना हुनेछ ।
त्यस्तै, यो योजना असोज १ गतेदेखि ३१ गते (१७ सेप्टेम्बरदेखि १७ अक्टोबर २०२२) सम्म लागु हुनेछ । साथै यो योजना सुरु हुनुभन्दा ६ महिना अघिदेखि पिओएस(POS)) टर्मिनलमार्फत कारोबार नगरेको कार्डबाट कारोबार गर्दा २ सय क्यासव्याक पाउन सकिनेछ ।
क्यासव्याकको रकम योजना अवधि समाप्त भएको १५ दिनभित्र खातामै जम्मा हुने सहकारीले जनाएको छ ।
Comments are closed.