साताको सेयर : नेप्से १,९१० अंकमा, कुल ६ अर्ब ९८ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) यो साता एक हजार नौ सय १० दशमलव ३८ अंकमा पुगेको छ। सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७१ दशमलव ९० अंकमा पुगेको छ ।

सातामा दुई सय ३२ कम्पनीको एक लाख ४६ हजार दुई सय ९३ पटकको कारोबारमा दुई करोड २७ लाख ६० हजार एक सय ४३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ९८ करोड ९० लाख ७१ हजार कारोबार भएको छ ।

गत साता भने दुई सय २७ कम्पनीहरूको एक लाख १३ हजार सात सय ५८ पटकको कारोबारमा एक करोड ४८ लाख ७६ हजार एक सय ४६ कित्ता सेयर खरिद(बिक्री भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम पाँच अर्ब चार करोड २९ लाख ५७ हजार पाँच सय १६ रुपैंयाँ पुगेको थियो ।

यो साता नेप्से ६ दिन नै खुला रहेकामा तेस्रो र चौथो दिन नेप्से बढेको थियो भने बाँकी दिनहरूमा नेप्से घटेको थियो । जसमध्ये पहिलो दिन ११ दशमलव ४६ अंकले घटेर एक हजार नौ सय २६ दशमलव २८ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन भने १४ दशमलव एक अंकले घटेर एक हजार नौ सय १० दशमलव ३८ अंकमा खुम्चिन पुगेको थियो ।

You might also like

Comments are closed.