३ करोडको लगानीमा खुल्यो ब्लुज हाउस रेस्टुरेन्ट एण्ड बार

गणेश पहारी,पोखरा। पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड गैराको चौतारामा नयाँ रेस्टुरेन्ट “ब्लुज हाउस” संचालनमा आएको छ ।

रेस्टुरेन्टको सोमबार पोखरा महानगर पालिका वडा नं ६का वडा अध्यक्ष विष्णु बहादुर भट्टराई र स्थानिय समाजसेवी राधादेवी बरालले संयुक्त उद्धघाटन गरेका हुन ।

घटस्थापनाको दिन पारेर सोमबार रेस्टुरेन्ट संचालनमा ल्याइएको हो ।पोखरा ६ बैदाम निवासी युवाँ ब्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वर कुमार श्रेष्ठ, सरोज कुमार श्रेष्ठ र बद्री श्रेष्ठको संयुक्त लगानीमा संचालनमा ल्याएका हुन् ।

पर्यटन क्षेत्रमा लामो समय विताएका युवा व्यवसायले करिब ३ करोडको लगानीमा उक्त रेष्टुुरेन्ट सञ्चालनमा ल्याएका छन् । उक्त रेस्टुरेन्टमा २० जनालाई रोजगारी दिईएको संचालक समितिका अध्यक्ष ईश्वर बरालले जानकारी दिए । “खाना र संगितको कला भन्ने आर्दशलाई आत्मसाथ गर्दै ब्यवसाय संचालनमा ल्याएका छौं । ”

खानासँगै संगितको कला मार्फत ग्राहकलाई मनोरञ्जन दिने उदेश्यले रेस्टुरेन्टको आकृर्ति पनि तेही अनुरुपमा डिजाइन गरिएको अध्यक्ष बरालले जानकारी दिए । नेपाली र स्थानिय कला संस्कृत झल्कने गरि बनाइएको रेष्टुरेन्टबाट साँझमा फेवा तालमा देखिने छाँया नै रेस्टुरेन्टको विषेशता रहेको छ ।

वडा अध्यक्ष भट्टराईले नेपालमै केही गर्नुपर्छ भन्ने सोचले खोलेको रेस्टुरेन्टको सफलताको शुभकामना व्यक्त गरे । स्थानीय युवाहरुले सुरुवात गरेको व्यवसायलाई स्थानीय बासिन्दाहरुले सहयोग गर्नुपर्नेमा जोड दिए । विदेशमा गएर गरिने मेहेनत र लगानी नेपालमै गर्न सकियो भने विदेशमा गएर बगाएको पसिना भन्दा आफ्नै क्षेत्रमा बगाएको पसिनाको महत्व बढी हुने भट्टराईले बताए । भट्टराईले  काम सानो ठुलो नहुने भन्दै आफ्नै क्षेत्रमा पेसा ब्यवसाय गरेका पर्यटन युवाहरुलाई वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

समाजसेवी राधादेवी बरालले भनिन्, ‘युवाहरुको जोश जागरलाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने सकेमा राष्ट्र समृृद्धितर्फ आगाडि बढ्न सक्छ’
यसअघि पनि रेस्टुरेन्ट ब्यवसाय संचालन गर्दै आएका लगानी कर्ता मिलन गुरुङले नेपाली युवाँहरुलाई नेपालमै स्वरोजगार हुन प्ररित गर्ने उद्देश्यले रेष्टुरेन्ट सन्चालनमा ल्याएको बताएका छन ।

भविष्यमा पोखराका अन्य ठाँउमा पनि शाखा खोल्ने योजना रहेको बताए । चाइनिज, इटालियन र कन्टिनेन्टल खानाको परिकारहरुको स्वाद लिन पाइने रेस्टुरेन्टमा सुभारम्भ तथा चाडपर्वको अवसरमा हरेक मेनुमा २० प्रतिशत सम्म छुट दिइने गुरुङले बताए ।

 

lcci
You might also like

Comments are closed.