नेप्से १५.९२ अंकले बढ्दा ६६ करोड ३० लाखको कारोबार

काठमाडौं ।  सेयर बजार परिसूचक नेप्से मंगलबार १५ दशमलब ९२ अंकले वृद्धि भएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से १५ दशमलव ९२ अंकले बढेर १८३१ दशमलव ०५ विन्दुमाबन्द भएको हो ।

मंगलबार नेप्से बढेपनि कारोबार भने सोचेजस्तो हुन सकेन । आज २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा टोटल ६६ करोड ३० लाखको कारोबार भएको हो ।

होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेका ११ वटा उपसूचक धनात्मक भएका छन् । मंगलबार रिडी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।
मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुग्यो ।

jutta mela

अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले वृद्धि भयो । गरिमा डिभेन्चरका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाउन पुगेको छन् ।

You might also like

Comments are closed.