महिला उद्यमीलाई ब्यबसाय ब्यबस्थापन तालिम

पोखरा, १९ माघ

पोखरा–७, मासवारमा रहेको औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठान पोखरा कार्यालयले महिला उद्यमीहरुलाई पाँच दिने व्यवसाय व्यवस्थापन तथा व्यवसाय सुधार तालिम प्रदान गरेको छ । व्युटि पार्लर एशोसियसन कास्की पोखराको सहव्यवस्थापनमा भएको उक्त तालिममा कास्की, स्याङ्जा लगाएतका व्युटिपार्लर, कस्मेटीक, झोला बुनाई लगाएतको पेशा व्यवसाय गरिरहेका २५ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो।

सहभागीहरुलाई औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठान कार्यालय प्रमुख रामप्रसाद तिवारीले व्यवसायी र ग्राहक विचको सम्बन्ध, व्यवसायको विकास तथा विस्तार गर्ने सम्बन्धि आदिको वारेमा प्रशिक्षण दिएका थिए । सो अवसरमा व्युटि पार्लर एशोसियसन कास्कीकी अध्यक्ष कल्पना कोइरालाले तालिमले व्यवसायीहरुलाई हौसला मिलेको वताईन । सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रम औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठान कार्यालय प्रमुख रामप्रसाद तिवारीको अध्यक्षतामा भएको थियो ।

 

You might also like

Comments are closed.