पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, १९ माघ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले वृद्धि भएको निगमले जनाएको छ ।

शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँमा बिक्री हुनेछ भने डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २५ र डिजेलजमा ४ रुपैयाँ २८ पैसा बढाएकाले मूल्य बढाइएको निगमले जनाएको छ ।

You might also like

Comments are closed.