लुम्बिनी प्रदेशले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लुम्बिनी प्रदेशले प्रदेश सरकार अन्तर्गतका स्थानीय तहहरूका लागि कर्मचारीको माग गरेको हो ।

प्रदेश सरकारले असोज २८ गते जारी गर्दै खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि लुम्बिनी प्रदेश लोक सेवा आयोगले कर्मचारीको आवेदन माग गरेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह अन्ततर्गत रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्वास्थ्य सेवा, इन्जिनियरिङ सेवा, कृषि सेवा, बन सेवा र शिक्षा सेवाका लागि कर्मचारी माग गरिएको छ । साथै आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ ।

योग्यता पुगेका आवेदकलाई अनलाईनमार्फत आवेदन दिन सूचनामा भनिएको छ ।कात्तिक १७ गतेसम्म उमेर पुगेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

 

lcci
You might also like

Comments are closed.