धितोपत्र बोर्डले माग्यो २३ जना कर्मचारी (सूचनासहित)

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड ‘सेबोन’ ले विभिन्न पदका लागि २३ जना कर्मचारी माग गरेको छ ।

सेबोनले शुक्रबार एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरेको हो ।

सेबोनका अनुसार निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ ।

इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने सूचनामा जनाएको छ ।

lcci
You might also like

Comments are closed.