प्राइम सहकारीको १३औँ साधारण सभा सम्पन्न

पोखरा । पोखराको प्राइम सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा पोखराको ह्वाइट हाउस पार्टी प्यालेस, सृजनाचोकमा शुक्रबार सम्पन्न भएको हो ।

सहकारीका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको सभाका प्रमुख अतिथि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रमेश घर्ती रहेका थिए ।

सहकारीले २ लाख ९७ हजारको अक्षयकोषको स्थापना गरेको छ । साथै सहकारीले वर्षभरी कार्यालयमै आएर कारोबार गर्ने सदस्यहरु मध्य गोलाप्रथाद्वारा उत्कृष्ट कारोबार गर्नेलाई सम्मान गरेको छ ।

साधरण सभाले संचालक समितिमा रिक्त कोषध्यक्ष पदमा बाँकी अवधिको लागि सन्दीप अर्याललाई चयन गरेको छ । सभामा राष्ट्रिय सहकारी बैंकका नरेश पाण्डे र नेफ्स्कूनका शाखा प्रमुख यमकलाले नियमित बचत र जगेडा कोषका विषयमा सदस्यहरुलाई जानकारी गराएका थिए ।

सहकारीका निवर्तमान अध्यक्ष निदेश कोइरालाले स्वागत मनतव्य राखेको कार्यक्रमको संचालन सहकारीका मिडिया उपसमिति सदस्य संजय मल्लले गरेको सहकारीका व्यवस्थापक निरु थापाले जानकारी दिइन् ।

lcci
You might also like

Comments are closed.