नेपाल ल्यूव आयलको ३१औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल ल्यूब आयल लि.को ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अस्थिर आर्थिक अवस्थाका बाबजुद कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ ।

कम्पनीले साधारण सभामार्फत सेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको सेयरधनीहरुले खुल्ला प्रशंसा गरेका छन् । सभामा अध्यक्ष अरुणकुमार चौधरी, संचालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरुको उपस्थिति रहेको थियो ।

सभामा बोल्दै अध्यक्ष चौधरीले नेपाल ल्यूब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस वर्ष पनि निरन्तर वृद्धि कायम राखेको बताउदै कम्पनीको विकासका लागि व्यवस्थापन र सदस्यहरू प्रतिबद्ध रहेको बताए । साथै उनले सेयरधनीहरूले देखाएको विश्वासलाई कहिल्यै निराश हुन नदिने बताए । बैठकपछि कम्पनीको कार्यसम्पादनबाट सेयरधनीहरु निकै उत्साहित थिए ।

कार्यक्रममा डमरु बल्लभ, गुणराज भट्ट र अन्य सेयरधनीहरूले आ-आफ्नो उत्साह व्यक्त गर्दै नेपाल ल्युब अन्य लिमिटेड कम्पनीहरुका लागि रोल मोडल भएको बताए । साथै कम्पनीले सेयरधनीहरुलाई नियमित रुपमा उच्च बोनस प्रदान गर्दै आएको र कम्पनीमा आबद्ध हुन पाउँदा गर्व महसुस भएको बताएका छन् ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै विक्री÷वितरणसमेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो ।र, यसको ब्राण्डिङ साझेदारीमा म्याकल्यारेन रेसिङ कार र चेन्नई सुपर किङ जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसंग रहेको छ ।

You might also like

Comments are closed.