साढे ९ अंकले घट्यो नेप्से, ८० करोड ३५ लाखको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक (नेप्से) घटेको छ। आज नेप्से ९ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज कुल दुई सय २१ वटा कम्पनीको २५ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ८० करोड ३५ लाखको कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेस्ट बैंकको आठ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज बैंकिङ र उत्पादनबाहेक अरू सबै समूहको सेयर ओरालो लागेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये वाणिज्य बैंक र उत्पादन तथा प्रशोधन बाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ । आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। संस्थाको सेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ३४ रूपैयाँ ६० पैसा पुगेको छ ।

आज पिपुल्स पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर २ सय ५५ रूपैयाँ ७० पैसामा झरेको छ।

You might also like

Comments are closed.