विकास र परिवर्तनका लागि मेरो उम्मेदवारी : पोखरेल

स्वविवेक प्रयोग गर्न मतदाताहरुलाई अनुरोध

काठमाडौं । पछिल्लो समय देश चुनावमय भएको छ । गाँउ, सहर चोक गल्ली होस् या चिया पसल जताततै चुनाव र उमेदवारको कुराकानी मात्र भएको देख्न र सुन्न पाईन्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति यही मंसिर ४ गतेका लागि तय भएको छ । जसका लागि उमेदवारहरु भोट माग्न आफ्नो क्षेत्र पुगिसकेका छन् ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती, नेकपा एमालेबाट मणिराम फुँयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेलको उम्मेदवारी परेको छ । यस क्षेत्रबाट अन्य केही स्वतन्त्र उम्मेदवार पनि रहेका छन् । यस पटकको चुनावमा राप्रपाले काठमाडौं क्षेत्र नम्बर २ मा पहिलोपटक महिला उम्मेदवार कुन्तीदेवी पोखरेललाई उठाएको छ ।

पछिल्लो समय उनि सक्रिय राजनीतिमा लागेकी छन् । समाजसेवा र व्यवसायमा सक्रिय रहँदै भ्रष्टाचारविरुद्ध राजनीतिमा सशक्त आवाज उठाइरहेकी एक जुझारु युवा नेत्रृ पोख्रेलले प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचनमा उम्मेदवारी दिएकी छन् । महिला सशक्तीकरणका लागि उनले विभिन्न जिल्लामा पुगेर सीपमुलक तालिम सञ्चालन गर्दै आएकी छन् । पोखरेल राप्रपाको गत महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् ।

jutta mela

‘अब बन्ने संसद र सरकार सत्ताका लागि नभएर विकासका लागि अनि देशको मुहार परिवर्तनका लागि र युवाहरुका लागि हुनुपर्छ,’ उनि भन्छिन्, ‘अबको राजनितिमा सक्रियरुपमा युवाहरु लाग्नुपर्ने समय आएको छ । सोही कारण मैले उमेदवारी दिएको हो ।’

भ्रष्टाचार, दलालीतन्त्र, नातावाद र कृपावादले ग्रसित नेपाली राजनीतिमा युवाले हस्तक्षेप गरि राजनैतिक शुद्धिकरण र जनजीविकाका सवालहरुलाई संघीय संसदमा जोडदाररुपमा उठान गर्न आफूले उम्मेदवारी दिएको उनले बताइन् । ‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु । पार्टीका अग्रजहरूले आशीर्वाद दिनुहुनेछ,’ पोखरेलले भनिन्, ‘हाम्रो जित सुनिश्चित छ ।’

उनले काठमाडौं क्षेत्र नं २ पार्टीका लागि बालियो स्थानको रूपमा लिएर आफ्नो विवेक प्रयोग गर्न मतदाताहरुलाई अनुरोध समेत गरिन् ।
नेपाली पोशाक उद्यमीसमेत रहेकी उनले आफ्नै उद्यमबाट कमाएको रकमले समाजसेवा गर्दै आएकी छन् ।

तारा मण्डल महिला सशक्तीकरण अभियानमार्फत देशका ४० वटा जिल्लामा पुगेर सीपमुलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउने काम गरेकी पोखरेलले देशका दुर्गम जिल्लामा पुगेर स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएकी छन् । उनले कोरोना महामारीको समयमा रोजगारी गुमाएकाहरुलाई आफ्नै खर्चमा खाद्यान्न वितरण गरेकी थिइन् भने घरमै बसेर आयआर्जन गर्न सकिने तालिम पनि दिएकी थिइन् ।

You might also like

Comments are closed.