महालक्ष्मी विकास बैंकले एक अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

jutta mela

बैंकले असोज २७ गते ऋणपत्र निष्काशनको अनुमति माग गर्दै सेबोनमा आवेदन दिएको हो । यसअघि नै बैंकले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले दश लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो ।

You might also like

Comments are closed.