पोखरामा ‘दीगो सडक र सुरक्षित यातायात’ विषयक बृहत अन्तरक्रिया हुँदै

पोखरा । पोखरामा गण्डकी प्रदेशको विकासका लागि ‘दीगो सडक र सुरक्षित यातायात’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

पोखरा उद्योग वाणिज्य संघ र आर्थिक आवाजको आयोजना तथा नासा फाउण्डेशन नेपाल, अटो पत्रकार संघ र बाबा फाउण्डेशनको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम पोखरा ४ गैह्रापाटनमा पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा कार्तिक ४ गते शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुनेछ । पोखरा महानगरपालिकाका प्रमूख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा गण्डकीको सडक र यातायातको अवस्थाका विषयमा प्रदेश भौतिक र यातायात मन्त्रालयको तर्फबाट प्रस्तुति, दीगो विकासका लागि सडक सुरक्षाका विषयमा नासा फाउन्डेशनको तर्फबाट प्रस्तुति, समृद्ध प्रदेशको आधारका लागि सडक र यातायात विषयमा वुद्धिराज जोशीको प्रस्तुति र यातायात व्यवसायीको तर्फबाट योगेन्द्रबहादुर केसीले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

साथै कार्यक्रममा सहभागीहरुको सुझाव, टिप्पणी र धारणालाई समावेश गरिने आयोजकले जनाएका छन् । विगत लामो समयदेखि नेपाल तथा नेपाल बाहिर रहेका यातायात क्षेत्रमा कार्यरत विज्ञहरु, अटोमोबाइल तथा इन्जिनियरिङ कलेजका प्राध्यापकहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संगठनका प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी क्षेत्रका विज्ञहरु आदीको संलग्नतामा आयोजना हुने कार्यक्रम नेपालको सडक सुरक्षा क्षेत्रमा ऐतिहासिक कोशेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ ।

lcci
You might also like

Comments are closed.