पिपुल्स इन्भेष्टमेन्टको तीस प्रतिशत हकप्रद सेयर आजबाट विक्रीमा

काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको तीस प्रतिशत हकप्रद सेयर आजबाट विक्रीमा आएको छ ।

मंगलबारबाट विक्री खुला गरेको प्रतिकित्ता  १०० अंकित दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद सेयर खरीदका लागि मंसिर २० गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक सेयरधनीहरूका लागि दश सेयर बराबर नयाँ तीन सेयरको अनुपातमा हकप्रद सेयर  विक्री खुला गरेको हो ।

खरीदकर्ताहरूले कम्पनीको लुम्बिनी विकास बैंकमा रहेको खाता नम्बर ०३१००१२००१२११८०००००१ र एनआईसी एशिया बैंकमा रहेको खाता नम्बर ५४४१०३३३०२५२४००२  मा हकप्रद वापतको रकम जम्मा गरी आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

यो हकप्रद सेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

You might also like

Comments are closed.