सालीनदीलाई धार्मिक पर्यटकको गन्तव्य बनाउने छु : पोख्रेल

काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले यस क्षेत्रको विकास र समृद्धिको लागि संसदमा आफ्नो उपस्थिति हुनुपर्ने बताएकी छन् ।

उनले मंगलबार काठमाडौं महानगरपालिका वडा नं. ३२, कोटेश्वरमा आयोजित मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएकी हुन् । पोख्रेलले यस क्षेत्रमा पटक–पटक बाहिरबाट आएका ‘पर्यटक’ उम्मेदवारले चुनाव जित्ने र पदमा पुगिसके पछि यस क्षेत्रको विकासभन्दा पनि आफू र आफ्ना आसेपासेका स्वार्थमा केन्द्रित हुने गरेकाले विकासका दृष्टिले पछि परेको बताएकी छन् ।

उनले सिंहदबारको नजिक रहेर पनि यो क्षेत्र कर्णालीको दूदर्शामा गुज्रिएको भन्दै अब यस क्षेत्रको विकासका लागि ‘पर्यटक’ उम्मेदवारलाई नभई आफूलाई मत दिन आग्रह गरिन् । पोख्रेलले विकास भन्ने वित्तिकै ‘बाटो, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता जनताका दैनिक जीवसँग जोडिएका विषय र ठाउँको महत्वअनुसार बुझेर काम गर्ने व्यक्तिको आवश्यक हुने भएकाले पनि स्थानीयलाई जिताउन जरुरी रहेको बताइन् ।

jutta mela

उनले यस क्षेत्रको ग्रामीण सडकहरु खाल्डाखुल्टी र धुलो, हिलो र साँघरा भएकाले कृषिकहरुले उत्पादन गरेका तरकारी, फलफूल, दूधलगायत खाद्य सामग्री बजार ल्याउन सास्ती खेप्नुपरेको बताइन् । कार्यक्रमा उनले सामुदायिक विद्यालयहरुले भरपर्दो र गुणस्तरीय शिक्षा दिन नसक्दा जनताको विश्वास गुम्दै गएको, त्यसको फाइदा निजी विद्यालयहरुले उठाउँदा अभिभावकहरु मारमा परेको बताइन् ।

स्वास्थ्य चौकीहरुमा उपयुक्त चिकित्सक र औषधि अभाव भएकाले प्रत्येक स्वास्थ्य चौकीमा दक्ष चिकित्स र सुविधासम्पन्न उपचार पद्धति हुनेपर्नेमा जोड दिइन् । त्यस्तै धारा जडान भएपनि समयमा पानी नआउँदा उपभोक्ता मारमा परेकाले समान वितारणमा ध्यान दिनुपर्ने बताइन् । पोख्रेलले यस क्षेत्रका मठमन्दिर, गुठी र ऐतिहासिक पुरातत्विक महत्व बोकेका धार्मिक स्थल ओझेलमा पर्दै गएकाले त्यसको सम्वद्र्धन, संरक्षण र पुनर्संरचनाका लागि आफूले संसद्मा प्रतिनिधित्व गर्नुपर्ने जनाइन् ।

उनले देशका बहुसंख्यक जनता हिन्दू धर्मावलम्बी भएकाले तिनको सम्बोधनका लागि आफूले राष्ट्रिय धर्मको रुपमा हिन्दू धर्म हुनुपर्नेमा जोड दिएको बताइन् । नेपालीहरुले महिनादिनसम्म कथावाचन गर्ने श्रीस्वस्थानी ब्रत कथामा महत्व उल्लेख गरिएको सालीनदी दिनप्रति कुरुप बन्दै गएर लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षणका लागि नीतिनिर्माण गर्न संसदमा आफ्नो उपस्थिति आवश्यक रहेको दावी गरिन् ।

‘यस क्षेत्रबाट मैले संस्दमा प्रतिनिधित्व गरेँ भने शंखरापुरको सालीनदीलाई धार्मिक पर्यटकको गन्तव्य बनाउने छु,’ पोख्रेलले दावी गरिन् ।

You might also like

Comments are closed.