कँडेलद्वारा पोखरा वडा नं. ८ र ९ का जनतासंग भेटघाट

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री तथा मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उम्मेदवार माधवप्रसाद कँडेलले बुधबार पोखरा वडा नं. ८ र ९ का जनतासंग भेटघाट गरेका छन् ।

निकै उत्साहका साथ पोखरेली जनताका दुःख मर्काहरु बुझ्ने प्रयास गरिरहेका कँडेलले आफूले जनताको सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् ।

jutta mela

आज पोखरा वडा नं. ८ र ९ का सुकुम्बासी र व्यापारीहरुसंग भेटघाट गरिएको कँडेलले बताए । विशेषगरि त्यहाँका व्यापारीहरुबाट आफूले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको उनको भनाई छ । यसपटक सम्पूर्ण व्यापारी तथा सुकुम्बासीहरु पनि परिवर्तनकै पक्षमा देखिएको कँडेलले बताए ।

पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको भन्दै जनताले मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता प्राप्त भएको उनले जानकारी दिए ।

You might also like

Comments are closed.