विदेश पलायन हुने युवाको रहर होइन बाध्यता : पोख्रेल

काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले युवाहरु रहरले नभइ बाध्यताले विदेश पलायन हुनेगरेको बताएकी छिन् ।

उनले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. २ द्वारा सिनामंगलस्थित पेप्सीकोलामा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा यस्तो बताएकी हुन् । उनले देशको राजनीतिक वितृष्णाले युवाहरु विदेशिएको बताइन् ।

‘अहिलेको पुस्ताले नेपाली भाषा, लेख्न, पढ्न र बोल्न छोडिसकेका छन् किन भने, उनीहरुमा ‘प्लस टू’ पछि विदेश जानुपर्छ भन्ने भइसकेको छ’, पोख्रेलले भनिन् । कार्यक्रममा उनले नेपालमा उद्योगी, व्यवसायीलाई लगानीको ग्यारेन्टी नभएकोप्रति आपत्ति जनाउँदै सरकारले लगानीमैत्री नीति ल्याउनुपर्नेमा जोड दिइन् ।

jutta mela

उनले आफू उद्यमीबाट राजनीतिमा आएकाले त्यसको अनुभव भएकौ भन्दै नीतिनिर्माण तहमा पुग्नुपर्ने दावी गरिन् । पोख्रेलले जीवनभर देशको लागि योगदान गरेका खेलाडी, कलाकार, लेखक, साहित्यकार र पत्रकारहरुलाई ६० वर्षपछि पेन्सन र भत्ताको व्यवस्था हुनुपर्ने नीति ल्याउन आफूले संस्दमा भूमिका खेल्ने बताइन् ।

त्यस्तै उनले ६० वर्षका माथिका जेष्ठ नागरिकहरुलाई उपचार र औषधि पनि निःशुल्क हुनुपर्नेमा जोड दिइन् । उनले देशमा परिवर्तन ल्याउन विकास, सुशासन र समाजसेवामा समर्पित हुनुपर्ने भन्दै त्यसको लागि आफूले संसद्मा पुग्नुपर्ने दावी गरिन् ।

त्यस्तै शिक्षा सर्वसाधारको पहुँचबाट बाहिर गएकाले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउनुपर्ने भन्दै त्यसको लागि आफूले संसद्मा भूमिका खेल्ने जनाइन् ।

You might also like

Comments are closed.