नेपाललाई पर्यटकीय गन्तव्य बनाउन ‘पर्यावरणीय प्रहरी’ परिचालन गर्न आवश्यक : जि.सी.

पोखरा । स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले नेपाललाई पर्यटकीय गन्तव्य बनाउन पर्यावरणीय प्रहरी परिचालन गर्न आवश्यक रहेको बताएकी छन् ।

उनले पर्यावरणीय प्रहरी नहुँदा महिनौ दिनसम्म गाउँ तथा सहर बजारहरुमा फोहोरहरु थुप्रिएर बसेको भन्दै यसका लागि उपयुक्त नीति बनाउन आवश्यक रहेको बताइन् । पछिल्लो समय भौतिक निर्माण, कलकारखाना, सवारी साधन, डढेलो लगायतका कारण कार्बनडाइअक्साइड, मिथेनजस्ता हरितगृह ग्यासको उत्सर्जन भइ पर्यावरण असन्तुलित भइरहेको छ ।

पर्यावरण असन्तुलित हुँदा जैविक विविधता, विश्व तापमान र ओजन तहमा नकारात्मक असर त परिरहेको छ नै पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगायतका समग्र क्रियाकलापमा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ ।

jutta mela

पर्यावरणको सन्तुलन मानिसकै कारण बिग्रिएको हो । यसको अर्थ पर्यावरण सुधार्ने दायित्व पनि हाम्रै हो । पर्यावरण सन्तुलनका लागि डढेलो र वनफँडानी रोक्ने, वृक्षरोपणलाई प्राथमिकता दिने, खोलानाला, पानीको मुहान, जलाधार, सीमसार तथा ताल तलैयाहरुको संरक्षण गर्न आवश्यक छ ।

यसका साथै माटो, वनजंगल, पशुपन्छीको संरक्षण, विद्युतीय सवारी साधन प्रयोगमा बढावा, उद्योगधन्दामा प्रदूषणनिरोधी संयन्त्रको प्रयोग, नवीकरणीय उर्जाको प्रयोगमा जोड, ओजन तह संरक्षण, हरितगृह ग्यास उत्सर्जन व्यवस्थापन, जलवायु परिवर्तन व्यवस्थापन, फोहरको समुचित व्यवस्थापन पर्यावरण सन्तुलन राख्ने महत्वपूर्ण कुरा हुन् ।

पर्यावरण जोगाउने हेतुले स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले प्रदुषित वातावरण हटाउने नीति तयार गर्ने बताएकी छन्। कास्की क्षेत्र नं. २ ‘ख’को प्रदेश सभा सदस्यका लागि ‘लालटीन’ चिह्न लिएर चुनावी मैदानमा उत्रिएकी जि.सी.ले आफू विजयी भए प्रदुषित वातावरण हटाउने नीति  तयार गर्नुका साथै जनशक्ति प्रयोग गरि जल, जमिन र जंगलको संरक्षण गर्ने बताइन् । जि.सी. ले गाउँ र सहरलाई हरियाली बनाइ नेपाललाई पर्यटकिय गनतव्य बनाउने प्रतिवद्धता जनाएकी छन् ।

You might also like

Comments are closed.