काठमाडौं। इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट भएको हो।
कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।
जसमा १३ हजार ४०६ कित्ता सेयर कर्मचारी र ३३ हजार ५ सय १५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो।बाँकी ६ लाख २५ हजार १९० कित्ता मात्रै सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।
उक्तआईपीओका लागि १३ लाख ५८ हजार २२० जनाबाट आवेदन परेको थियो। उनीहरुबाट कुल एक करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयर माग भएको हो।
आवेदकमध्ये १३ लाख ५६ हजार २२४ जनाको आवेदन स्वीकृत भएको छ। १ हजार ९ सय ९६ जनाको आवेदन विभिन्न कारणले रद्द गरिएको थियो। स्वीकृत आवेदनमध्ये कुल ६२ हजार ५१९ आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो।
Comments are closed.