दोहोरो अंकले घट्यो नेप्से, जम्मा ८९ करोडको कारोबार

काठमाडौं । यो साता लगातार तीन दिनसम्म बढेको सेयर बजार परिसूचक (नेप्से) बिहीवार दोहोरो अंकले घटेको छ। आज नेप्से १६ दशमलव १४ अंकले घटेर एक हजार नौ सय २२ दशमलव १६ विन्दुमा झरेको छ ।

बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय २० वटा कम्पनीको २७ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाखको कारोबार भएको छ। आज सबैभन्दा धेरै एभरेस्ट बैंकको चार करोडको सेयर किनबेच भएको छ ।

नेप्सेमा बिहीबार १३ वटा समूहको कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेका छन् भने १० वटा समूहहरुको सूचक घटेका छन् । जसमध्ये निर्जिवन बीमा समूहको सूचक शून्य दशमलव ६२ अंकले बढेर सात हजार सात सय एक दशमलव ६७ अंकमा पुगेको छ । जीवन बीमा समूहको सूचक पनि एक दशमलव चार अंकले बढेर आठ हजार नौ सय ३९ दशमलव ४७ अंकमा चढेको छ ।

वाणिज्य बैंक समूहको सूचक भने ११ दशमलव ३६ अंकले घटेर १३ सय ५६ दशमलव ८८ अंकमा झरेको छ। विकास बैंक समूहको सूचक ४१ दशमलव ५९ अंकले घटेर तीन हजार चार सय ४५ दशमलव ६० अंकमा झरेको छ।

जलबिद्युत समूहको सूचक २७ दशमलव ६५ अंकले घटेर १९ सय ९० दशमलव ५६ अंकमा झरेकोमा फाईनान्स, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

You might also like

Comments are closed.