मतदातासंगको भेटघाटमा व्यस्त चौधरी, नवरपरासी क्षेत्रको समग्र विकासमा प्रतिबद्धता

नवलपरासी । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि चुनावी प्रचारप्रसार गर्न पाइने भएपछि उम्मेदवारहरु व्यस्त भएका छन् ।

यसअघि निर्वाचन आयोगले जुलुस, आमसभा र कोणसभा गर्न दिएको थिएन । निर्वाचनको मिति नजिकिएसंगै उम्मेदवारहरुले जनतासंगको भेटघाटलाई बाक्लो पारेका छन् । अन्य उम्मेदवार जस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरी पनि यतिबेला आफ्ना मतदातासंगको भेटघाटमा व्यस्त छन् । चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

उम्मेदवार चौधरी निकै उत्साहका साथ नवलपरासीका जनताहरुका दुःख मर्काहरु बुझ्ने अनि सुन्ने प्रयास गरिरहेका देखिन्छन् । उनले आफूले गरेका गतिविधिहरुबारे सामाजिक संजालमार्फत सार्वजनिक पनि गर्दै आएका छन् ।

jutta mela

चौधरीले आज नेपाल मुस्लिम संघ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ (क) द्वारा जिमिरेभारको त्रीनेत्रधाममा आयोजित कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम गरेका छन् । कार्यक्रममा उनले देशको सुन्दरता, अनेकतामा एकता, धार्मिक शहिष्णुता, जातीय र क्षेत्रिय एकतामा आफ्नो योगदान रहने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै, नवरपरासी क्षेत्रको समग्र विकासका लागि आफूले काम गर्ने प्रतिबद्धता चौधरी गरेका छन् । नवलपरासीमा प्रत्यक्ष चुनाव लड्न चौधरी आउँदा स्थानीयहरु उत्साहीसमेत बनेका छन् ।

त्यस्तै, आजै उनले बर्दघाट–१२, द्वारा दबिलाको बुद्धमंगल ताल परिसरमा आयोजित कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा सहभागी भएका छन् । कांग्रेस नेता चौधरी २०७४ सालमा समानुपातिकतर्फ सांसद् बनेका थिए । नवरपरासी क्षेत्रको समग्र विकासका लागि आफूले काम गर्ने प्रतिबद्धता चौधरीको छ ।

You might also like

Comments are closed.