कँडेलद्वारा पोखरा वडा नं. ९ का जनतासंग भेटघाट

कास्की । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उम्मेदवार माधवप्रसाद कँडेलले शुक्रबार पोखरा वडा नं. ९ का जनतासंग भेटघाट गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्रीसमेत रहेका कँडेलले पोखरा वडा नं. ९ का जनताहरुबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् ।

jutta mela

निकै उत्साहका साथ जनतासंगको भेटभाटलाई तिव्रता दिएका कँडेलले शुक्रबार पोखराको महेन्द्र पुलमा हरिबोधनी एकादशीका अवसरमा आयोजना गरिएको मेलामा सहभागीता जनाएका छन् । त्यहाँ पनि जनताहरुसंग भेटभाट गरेका कँडेलले जनताबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।

पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको भन्दै जनताले मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता प्राप्त भएको उनले जानकारी दिए ।

कँडेलले भोलि (शनिबार) बिहान पोखरा वडा नं. ८ का जनतासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

You might also like

Comments are closed.