पोखरा । पोखरा महानगगरपालिका वडा नं ६ बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्तसम्मको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि सहकारी रजिस्टार कार्यलय गण्डकी प्रदेशका प्रमुख रमेश घर्तिले सहकारी ऐनलाई मर्यादितरुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै यहि साउन महिनादेखि नेपाल सरकारले लागु गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि व्याज नलिन आग्रह गरे ।
सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुँदा सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोबार गर्नुपर्ने बताए । संस्थाले आफ्ना सदस्यहरुलाई गोष्ठी र सेमिनारमार्फत सहकारी शिक्षा दिन संचालकलाई आग्रह गरे ।
संस्थापक अध्यक्ष तथा सल्लाहकार इन्द्र पौडेलले कोभिड–१९ को असरबाट प्रभावित सेयर सदस्यहरुलाई उपलब्ध गराएको राहत होस् वा संस्थाका सदस्यहरुलाई संस्था आफैले वितरण गरेको राहत सहयोग उल्लेखनिय रहेको र सामाजिक क्षेत्रमा समेत संस्थाका सञ्चालकले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे ।
आगामी दिनमा समेत सहकारीले स्थानियहरुसगँ हातेमालो गर्दै विकास निर्माण र निम्न आय स्रोत रहेका सेयर सदस्यहरुको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने उनले धारणा राखे । सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले आर्थिक वर्ष ०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरे ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८/ ०७९ मा ९ करोड ५४ लाख ३८ हजार ४ सय रुपैंया सेयर पुँजी तथा ३६ करोड ६३ लाख २१ हजार ५३ रुपैया १२ पैसा बचत निक्षेप गरेको जानकारी दिए । त्यसैगरी ४३ करोड २२ लाख १० हजार ६ सय ४० रुपैंया ९३ पैसा कर्जा लगानी गरी ५ करोड ७८ लाख ४२ हजार १ सय २४ रुपैंया कुल आय गरेको जानकारी गराए ।
संस्थाका सदस्य संगिता पहारी बस्नेतले सहकारीका सात सिद्धान्त उदघोष गरी सुभारभ्भ गरिएको कार्यक्रममा उपाध्यक्ष दुर्गा पहारी स्वागत मन्तब्य र लेखा सुपरिवेक्षण समितिका संयोजक अमृत भुजेल, कोषाध्यक्ष बैकुण्ठ ढुङ्गना र सचिव सुन्दरराज पहारीले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सचिव सुन्दरराज पहारीद्वारा संचालन भएको उक्त कार्यक्रममा माता तालबाराही आरतिका अध्यक्ष मंगल नेपाली र युआरएल पोखराका अध्यक्ष ठाकुर पन्तलगायतले सहकारीले गरेको सफलताको प्रशंसा गरे । सधारण सभाको अवसरमा असल ऋणी, असल बचत कर्ता र संस्थामा निरन्तर सेवा अवधी गरेकी उतृष्ट कर्मचारी सम्झना खडकलाई सम्मान गरेको थियो ।
Comments are closed.