आईसिटी सहकारीको प्रथम वार्षिक साधरण सभा सम्पन्न

पोखरा । आईसिटी सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधरण सभा सम्पन्न भएको छ ।

उक्त साधरण सभा शनिबार पोखरा-८ सृजनाचोकमा रहेको गाउँघर क्याफेमा सम्पन्न भएको थियो । उक्त साधरण सभाको प्रमुख अतिथिमा दिपक प्रकाश आचार्य र सभाध्यक्ष सबि शेरचन रहेका थिए ।

साधरण सभाको उद्घाटन पोखरा महानगरपालिका सहकारी समितिका विज्ञ सदस्य एवं कास्की जिल्ला सहकारी संघका राष्ट्रिय प्रतिनिधि दिपक प्रकाश आचार्यले गरेका थिए ।

उक्त सभामा प्रमुखअतिथि आचार्यले अहिले बजारमा देखिएको तरलता अभाव समस्याप्रति बेलैमा सदस्यहरु चनाखो हुन पर्ने र सहकारी मूल्य मान्यता एवं सिद्धान्त भित्र रहेर सहकारीहरुले कारोबार गर्नुपर्ने , सदस्यहरुले नियमति बचत अनिवार्य गर्नुपर्ने, बचतका प्रकारहरुलाई निक्षेप संकलनमा सदस्यहरुलाई आकर्षित गर्ने, प्रविधिमैत्री बनाउने, सहकारी सदस्यहरुकै भएकाले आर्थिक कारोबारहरु पनि सहकारीबाटै गर्नुपर्ने जस्ता विषयमा प्रष्ट्राएका थिए ।साथै उनले सम्पूर्ण सहकारी सदस्यहरुलाई सहकारीबाटै आर्थिक कारोबार गरिदिन पनि आग्रह गरेका थिए ।

 

lcci
You might also like

Comments are closed.