सिवाइसी नेपाल लघुवित्तले पहिलो त्रैमासमा कमायो १ करोड ५१ लाख खुद नाफा

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक भएको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

संस्थाले पहिलो त्रैमासमा १ करोड ५१ लाख ३७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले गत वर्षको सोहि अवधिमा २ करोड ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, लघुविक्तले यो अवधिमा १ अर्ब ४७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । संस्थाको खुद ब्याज आम्दानी भने ३६ दशमलव १० प्रतिशतले बढेर ६ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी बढे पनि राइट ब्याक बापतको रकम शतप्रतिशतले घट्दा नाफा प्रभावित भएको हो ।

lcci
You might also like

Comments are closed.