स्वतन्त्र उम्मेदवार जि.सी.को पक्षमा आकर्षण

पोखरा । कास्की क्षेत्र नं. २ (२) का प्रत्यक्ष स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले युवाहरुको चाहना अनुसार आफूले काम गर्ने प्रतिबद्धता गरेकी छन् । आफ्नो चुनावी क्षेत्रमा आयोजित शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रममा बोल्दै जि.सी.ले आफू युवाहरुको सच्चा प्रतिनिधि बन्ने बताइन् ।

यस अगाडि राजनीतिक दलहरुले आकर्षक नारा मात्रै दिएको, चुनावमा प्रतिबद्धता गर्ने र जनचाहना अनुसार काम नगर्ने लगायतका गुनासो युवाहरुमा आफूले पाएको उनको भनाइ छ । ‘घरदैलोका क्रममा युवाहरुको उत्साहजनक साथ प्राप्त हुँदा खुसी लागेको छ,’ उनले भनिन् ।

युवाहरु कुनै पनि दलको झोला बोकेर हिड्न नहुने र परिवर्तनको पक्षमा लाग्नुपर्ने जि.सी.को भनाइ छ । ‘हामी युवाहरु कुनैपनि दलको दासी होइनौं । हामीले स्वविवेकले हरेक निर्णय गर्न सक्छौं । अब हामी स्वतन्त्र भएर परिवर्तनको पक्षमा लड्न आवश्कय छ,’ उनले भनिन् ।

jutta mela

यस पटकको चुनावमा दलभन्दा माथि उठेर स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन पनि जि.सी.ले आग्रह गरेकी छन् । स्वतन्त्र उम्मेदवार जि.सी.ले लालटीन चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्दैछिन् ।

चुनाव मिति नजिकिएसँगै जि.सी. जनताको घरदैलो अभियानमा व्यस्त छन् । ‘जनताबाट प्राप्त उत्साहजनक साथ र सकारात्मक प्रतिक्रियाले म निकै उत्साही भएकी छु,’ उनले भनिन्, ‘परिवर्तनका पक्षमा जनताको मत यस पटक प्राप्त हुनेछ । लालटीनमा जनताले अत्याधिक मत दिनेमा म विश्वस्त छु ।’

You might also like

Comments are closed.