सुजुकी मेगा एक्सचेन्ज मेला जारी

पोखरा, २५ माघ ।
पोखराका लागि भि.जि. अटो मोबाइल्स प्रा.लि. को आधिकारिक बिक्रेता हिमालय अटो वल्र्डको आयोजनामा सुजुकी मेगा एक्स्चेन्ज मेला सम्पन्न भएको छ । उक्त मेला माघ २२ गतेदेखी संचालन भएको हो ।

उक्त्त एक्सचेन्जको अबसर पारेर कम्पनीले कुनै पनि ब्राण्डका चालु अबस्थामा रहेका मोटरसईकल तथा स्कुटर एक्सचेन्ज गरेको छ । कम्पनीले सोही अबस्थामा नै मुल्यांकन गर्ने साथै चालु अबस्थामा रहेका पुराना मोटरसाईकल तथा स्कुटरहरुको हकमा बजार प्रचलित मुल्य भन्दा रु १५ हजार अतिरिक्त्त बोनस तथा थप रकम तुरुन्तै प्राप्त गर्न सक्ने हिमालय अटो वल्र्डका सेल्स मेनेजर धन बहादुर लामिछानेले जानाकारी दिए । स्वत स्फुर्त रुपमा खरिद गर्न चाहने ग्राहकको लागी समेत छुट प्रदान गर्ने कम्पनीका सेल्स मेनेजर लामिछानेले बताए । सुजुकीका नेपाली बजारमा उपलब्ध मोडेलहरु जापानिज प्रबिधी युक्त भएको हुदाँ यसको मजबुतीले सुजुकी प्रयोकर्ता लाई आर्थिक रुपमा समेत बचत हुन जाने र छिटो छिटो साटफेरको झन्झट गर्न नपर्ने तथा प्रयोग गर्न निकै सहज भएको र ५ बर्ष सम्मको ईन्जिनमा वारेन्टी भएको हदाँ निर्धक्क संग प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

jutta mela

उक्त अफरमा सदा झै ग्राहकको भिड लागेको कम्पनी ले जनाएको छ । यो एक्सचेन्ज मेला माघ २६ गते सम्म चल्ने छ । सर्बसुलभ स्पेयर्स पार्ट्स रहेको र ग्राहकलाई मौकाको फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ । चौथो दिन माघ २५ गते बिहिबार २० वटा मोटरसाईकल र १५ स्कुटर गरी ३५ वटा बिक्री भएका छन् भने ७ वटा बुकिङ्ग भएको र ग्राहकले कम्पनी राम्रो अफर ल्याएको बताएको प्रबन्धकले जनाएका छन् ।

You might also like

Comments are closed.