अर्बपति चौधरीको आमसभामा उर्लिएको जनसागर

नवलपरासी । अर्बपति तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीले आज नवलपरासीमा आमसभा गरेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपालका एकमात्रै डलर अर्बपति चौधरीले आज नवलपरासीको प्रतापपुर बेलाटारीमा वृहत आमसभाको आयोजना गरेका थिए ।

आमसभामा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधी, कांग्रेस केन्द्रीय सदस्यहरु सरस्वती अर्याल तिवारी, देवेन्द्र कँडेल, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन केसीलगायतको सहभागिता रहेको चौधरीले जानकारी दिएका छन् ।

jutta mela

निकै उत्साहका साथ नवलपरासीका जनताहरुका दुःख मर्काहरु बुझ्ने अनि सुन्ने प्रयास गरिरहेका अर्वपति चौधरीको वृहत आमसभामा हजारौं जनताको सहभागिता देख्न सकिन्छ ।

निर्वाचनको शिलशिलामा करिब एक महिनादेखि नवलपरासी क्षेत्रमा रहेका चौधरीले उक्त ठाउँको अनुहार बदल्न आफ्नो उमेदवारी रहेको बताउदै आएका छन् । उनले नवलपरासी १ का जनताका समस्या आफ्ना समस्या रहेको बताउँदै समस्या समाधानका लागि जुनसुकै समयमा तत्पर रहने बताएका छन् ।

You might also like

Comments are closed.