राष्ट्रिय स्वतन्त्र पार्टीको आमसभा बिहीबार पोखरामा, रबि लामिछानेले सम्बोधन गर्ने

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश महामन्त्री माधव प्रसाद कँडेलले आज पोखरा वडा नं. १५ मा घरदैलो तथा जनतासँग भेटघाट गरेका छन् ।

मंसिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवार कँडेलले यसपटकको चुनावमा सम्पूर्ण पोखरेली जनता परिवर्तनकै पक्ष रहेको बताए ।

वडा नं. १५ का जनताबाट पनि पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको गुनासो आएको उनले बताए । विकासको आशमा वर्षौ जिताएर पठाएका नेताबाट सोचेअनुसारको परिणाम नआएको भन्दै जनताले अब मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने बताएका छन् ।

jutta mela

कँडेलले पोखरेली जनताका समस्या आफूले बुझेको भन्दै एकपटक आफूलाई विजयी गराइ काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन् । त्यसका लागि अब जनताले भोट हाल्ने सोचमा परिवर्तन गर्न आवश्यक रहेको कँडेलको प्रतिक्रिया छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भोलि पोखरामा हुने आमसभालाई सम्बोधन गर्ने भएका छन् । सभापति लामिछाने भोलि बिहान साढे ११ बजे पोखरा विमानस्थलमा अवतर गर्ने र विमानस्थलबाट सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै आमसभामा परिणत हुने राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री कँडेलले जानकारी दिए ।

पोखराको अमरसिंह खुल्ला मैदानमा दिउँसो २ बजे हुने आमसभामा सभापति लामिछानेलगायतका नेताहरुले सम्बोधन गर्ने तयारी छ ।

You might also like

Comments are closed.