मंसिर ४ हाम्रो विजयको ढोका खोल्ने सुनौलो दिन : पोख्रेल

काठमाडौैं । काठमाडौंक्षेत्र नं २ प्रतिनिध सभा सदस्य उम्मेदवार तथा राप्रपा केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले घरदैलो तथा मतदाता घेटघाट कार्यक्रममा आगामी मंसिर ४ गते राप्रपाले विजय हासिल गर्न ढोका खोल्ने सुनौलो दिन भएको बताएकी छिन् ।

उनले काठमाडौं क्षेत्र नं २ शखंरापुर नगरपालिकाको वडा नं २ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । उनले काठमाडौं क्षेत्र नं २ का जनताले राष्ट्रघाती, देशद्रोही र बलात्कारी तथा अन्या अत्याचारीलाई हराउन आफू सक्षम भएको पनि बताउन भ्याइन् ।

jutta mela

उनी अगाडि थप्छिन्, उहाँहरु साझासिधा जनता झुक्याउँदै विभिन्न चुनावी क्षेत्र चहार्दै हिड्नुभएको छ । चुनावपछि कहाँ पुग्नुहुन्छ थाहा छैन अहिले विभिन्न प्रलोभन देखाउँदै हिड्नुभएको छ । त्यस्ता उधारा आश्वासन र फोस्रा नारामा नअलमलिन आग्रह गर्दछु ।’

अब जनताले आफै सचेत भएर राप्रपालाई हलोमा भोट हाल्नु पर्ने दिन आएको उनले उल्लेख गरिन् । यतिबेला क्षेत्र नं २ मा आफूले बनाएका योजनाहरुले यहाँका आमाजनताको मन र विश्वास जित्न सफल रहेको उनको बुझाइ छ ।

You might also like

Comments are closed.