युवालाई प्रलोभनमा पारी चुनाव जित्न ‘प्रयोग’ गर्ने प्रवृत्ति बन्द गरौंः जि.सी.

पोखरा । स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले युवाहरुलाई प्रलोभनमा पारि चुनावमा प्रयोग नगर्न आग्रह गरेकी छन् । मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार जि.सी.ले युवाहरुलाई विभिन्न प्रलोभनमा पारि नेताहरुले भोट माग्न प्रयोग गरिरहेको पाइएको बताएकी छन् ।

‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी स्वतन्त्र उम्मेदवार जि.सी.यतिबेला मतदातासँगको भेटघाट तथा छलफलमा व्यस्त छन् । नागरिकसँगको भेटघाट तथा छलफलका क्रममा धेरै युवा शक्ति नेताहरुको विभिन्न प्रलोभनमा परि गलत प्रयोग भएको आफूले पाएको उनले बताइन् ।

jutta mela

विभिन्न दलका नेताहरुले भोटकै लागि ठाउँठाउँमा पैसा बाँड्ने र भोट किन्ने प्रवृत्ति बढेकाले यसलाई रोक्न आवश्यक रहेको जि.सी.को भनाई छ । भोटका लागि कसैलाई पनि प्रलोभनमा नपारि जनतालाई स्वच्छ र स्वतन्त्ररुपले भोट गर्न सक्ने वातावरण बन्नुपर्ने उनको भनाई छ । यसो गर्न नसके सक्षम व्यक्ति नेतृत्वमा आउन नसक्ने दावी गरिन् ।

उनले त्यसका लागि अब जनता पनि चनाखो बन्न सक्नुपर्ने बताउदै क्षणभरको सुविधा त्याग गरि भविष्यको सुविधाको विषयमा सोच्न सक्नुपर्ने बताइन् । जनताको अमूल्य भोट पैसामा बिक्नु बिडम्बना भएको बताउदै जि.सी.ले देश बदल्न अब जनताको भोट हाल्ने सोच परिवर्तन गर्नुपर्ने बताइन् ।

उनले जनताको अमूल्य मत सक्षम नेतृत्वका लागि प्रयोग हुनुपर्ने बताइन् । त्यसका लागि अब नयाँ सोच, भिजन र जोश जागरसहित उदाएका युवाहरुलाई जनताले विश्वास गर्न सक्नुपर्ने बताएकी छन् । चुनावमा होमिनुमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको बताउदै उनले एकपटक आफूलाई विश्वास गर्न अपिल गरिन् ।

You might also like

Comments are closed.