यसपटक पोखरेली जनता परिवर्तनको पक्षमा छन् : कँडेल

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश महामन्त्री माधवप्रसाद कँडेलले आज पोखरा वडा नं. ७ र ३३ मा घरदैलो गरेका छन् ।

मंसिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवार कँडेलले आफ्नो चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

jutta mela

आज वडा नं. ७ र ३३ का मतदातासँग छलफल तथा भेटघाट गरेका कँडेलले जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् । यसपटक सम्पूर्ण पोखरेली जनता परिवर्तनको पक्षमा रहेको बताउँदै कँडेलले चुनाव जित्छु भन्नेमा आशावादी रहेको बताएका छन् ।

विकासको आशमा वर्षौ जिताएर पठाएका नेताबाट सोचेअनुसारको परिणाम नआएको भन्दै जनताले अब मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने बताएका छन् ।

कँडेलले पोखरेली जनताका समस्या आफूले बुझेको भन्दै एकपटक आफूलाई विजयी गराइ काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन् । त्यसका लागि अब जनताले भोट हाल्ने सोचमा परिवर्तन गर्न आवश्यक रहेको कँडेलको प्रतिक्रिया छ । भोलि शनिबार पोखरा वडा नं. ४ मा जनतासँग भेटघाट तथा घरदैलो कार्यक्रम गर्ने कँडेलले जानकारी दिए ।

You might also like

Comments are closed.